ताजा समाचार

युयईस्थित नेपाली दुतावासले बन्द गर्‍यो एनओसी सेवा, के हो एनओसी ?

काठमाडाैं । दुबई स्थित नेपाली राजदुतावासले भिजिट भिसामा जाने परिवारका आफन्तलाई दिदै आएको नो अब्जेक्सन लेटर नदिने भएको छ ।

सार्वजनिक रुपमा सुचना जारी गर्दै दुतावासले श्रीमान वा श्रीमति, आमा बुवा, सासु ससुरा र छोराछोरीलाई दिदै आएको एनओसी (नो अब्जेक्सन लेटर) आजदेखि नदिने जनाएको हो ।

युएईमा भिजिट भिसामा गएर काम गर्ने र यसमा मोटो रकमको चलखेल हुने प्रचलन बढ्दै गएको भन्ने समाचारहरु आएपछि यसमा दुतावासले कडाई गरेको जनाइएको छ ।

गृहमन्त्रालयको आन्तरिक निर्देशनमा एनओसी दिन बन्द गरिएको स्रोतको दावी छ । यसरी एनओसी लिनेको संख्या दैनिक १५ देखि २० सम्म रहेको दुतावास स्रोतले जनाएको छ । तर, दुतावासले यसरी एनओसी बन्द गर्नुको स्पष्ठ कारण भने खुलाएको छैन् ।

यसरी एक्कासी सेवा बन्द गर्दा आमसर्वसादारणहरु आक्रोसित बनेका छन् । मान्छे सबै काम गर्न जादैन् । युयई मिनि युरोप भनेर चिनिन्छ । आफन्त भएकाहरु घुम्न सक्दैनन र ? एक सर्वसाधारणले भने ।

यद्यपी यो भन्दा पहिले समेत युयई भिजिट भिसाका बारेमा दुतावासका कर्मचारी मिलेर मोटो रकमको लेनदेनमा सेटिङ मिलाएर युयई छिराउने गरेको भन्दै समाचारहरु भने नआएका होइनन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org