ताजा समाचार

सर्भर डाउन भएपछि दरबन्दी र श्रमजिवि विवरण बुझाउन म्याद थप गर्दै सुचना तथा प्रसारण विभाग

काठमाडाैं । सुचना तथा प्रशारण विभागले संचार प्रतिष्ठानले आफ्नो दरबन्दी र श्रमजिवि विवरण बुझाउनका लागि समय थप गर्ने भएको हो ।

विभागले संचार प्रतिष्ठान (एफएम रेडियो, टेलिभिजन, अनलाइन र पत्रपत्रिका) सहितलाई यहि असार मशान्त भित्र दरबन्दी र श्रमजिवि बुझाउन समयसिमा तोकेको थियो ।

तर, विभागको सर्भर डाउन भएपछि हिजोदेखि नै संचार प्रतिष्ठानले दरबन्दी र श्रमजिवि बुझाउन सकेका थिएनन् । विभागको वेबसाइट http://doinepal.gov.np मा गएपछि अनलाइन सेवामा क्लिक गरेर विवरण बुझाउनु पर्ने व्यवस्था मिलाएको थियो । तर, सर्भर डाउन भएपछि संचार प्रतिष्ठानले विवरण बुझाउन नपाएपछि विभागले मिति थप गर्ने भएको हो ।

आज दिउसो ३ बजेसम्म मिति थपको सुचना आउने गरि अहिले विभागमा बैठक चलिरहेको एक कर्मचारीले जनाए ।

सरकारले संचार माध्यमलाई व्यवस्थित गराउने भन्दै ल्याएको नयाँ व्यवस्था अनुसार दरवन्दी र श्रमजिवि बुझाउनु पर्ने व्यस्था गरेको छ । तर, संचार माध्यमको घाँटी निचोर्न सरकार उद्धत रहेको र अनावश्यक दुख दिन खोजेको आरोप संचार प्रतिष्ठानहरुले जनाउदै आएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org