ताजा समाचार

शिल्पा न्याय खोज्न संसारका कुनै अदालत जानु पर्दैन सिधै छविको अदालत आए हुन्छः छविराज ओझा

काठमाडाैं । फिल्म निर्माता छविराज ओझाले श्रीमति शिल्पा पोखरेललाई आफूलाई सच्याएर घर फर्कन आग्रह गरेका छन् ।

छविले शिल्पा जी भनेर सम्बोधन गरेर लेखेका छन्, तपाईले लगाएका आरोपहरु कति सत्य छन् ? आफैलाई नढाटी एक पटक स्ममरण गर्नुस त । दुनियाको कुरा नसुनेर म सँग विहे गर्दा गरेका वाचाँहरु सम्झेर आउनुस म गान्दीवादी बन्न तयार छु ।

छविले फेसबुकमा स्ट्याटस लेख्दै ५२ वर्षको उमेरमा ३ श्रीमतिसँग सम्बन्ध विच्छेद गर्दा शिल्पासँग जीवन विताउन सक्ने ठानेर जिन्दगीका सवै थोक कम्रोपमाइज गरेको जनाएका छन् ।

आफूले यसअघिका ३ श्रीमतिलाई अन्यायमा नपारेको भन्दै श्रीमान श्रीमति भएर बस्न नसकेपनि एक पटक आएर टेबुल टक गर्न आह्वान गरेका छन् । छविले थप्दै भनेका छन्, संसारको कुनै अदालतमा जानु पर्दैन । सिधै छवीको अदालतमा आए शिल्पाले न्याय पाउने समेत दावी गरेका छन् ।

यस्तै, आफूले विगत ३ दिनदेखि भेट्न चाहेपनि भेट्न नसकेको भन्दै यस्तो नगर्न समेत भनेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org