ताजा समाचार

पोखरामा लागुऔषध कारोबारीबाट ‘पेन गन’ बरामद

पोखरा । पोखरामा ‘पेन गन’ सहित लागुऔषध कारोबारी पक्राउ परेका छन् ।

कलम जस्तै देखिने गन र त्यसमा लाग्ने सात राउन्ड गोली लागु औषध कारोबारीको साथबाट बरामद भएको हो ।

पोखरामा लागुऔषध कारोबारविरुद्ध अपरेशन थालेको प्रहरीले पोखरा २४ कास्कीकोटका २४ वर्षीय सागर रानाभाटको साथबाट ‘पेन गन’ बरामद गरिको हो ।

केही समययता उनी पोखरा ७ मा बस्दै आएका थिए । प्रहरीका अनुसार उनको डेरामा छापा मार्दा ‘पेन गन’ सहित लागुऔषध पनि भेटिएको हो । प्रहरीले ‘पेन गन’ सहित लागुऔषध पनि बरामद गरेको जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org