ताजा समाचार

समता अस्पतालकी संचालक संजेल धराैटीमा रिहा

काठमाडाैं । समता अस्पताल संचालक कला संजेलसहित तीनजना धराैटीमा रिहा भएका छन् ।

काठमाडाैं जिल्ला अदालतमा तीन लाख धराैटी बुझाएर संजेलसहित कर्मचारीहरू संगीता केसी र तीर्थकुमारी श्रेष्ठ रिहा भएका छन् ।

बुधबार नै अदालतले धराैटिमा छुट्न आदेश दिएपनि उनीहरुले धराैटी रकम बुझाउन नसकेपछि जेल चलान भएका थिए ।

अदालतका सूचना अधिकृत ज्ञानबहादुर कार्कीका अनुसार संजेलसहित तीन जना धराैटी रकम बुझाएर रिहा भएका हुन् । उनीहरु बिरुद्ध जिल्ला अदालत काठमाडाैंमा कर्तव्य ज्यान अन्तरगत मुद्धा चलिरहेको छ ।

समता अस्पतालमा सफाई कर्मचारी २७ वर्षीया बिमला तामाङको शंकास्पद मृत्यु भएपछि उनले लेखेको सुसाइड नोटका आधारमा उनीहरुमाथि अनुसन्धान भइरहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org