ताजा समाचार

नेकपाले टुंगो लगायो युवा संगठनको नाम र झण्डा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले युवा संठनको नाम र झण्डा अन्तिम टुङ्गो लगाएको छ ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले युवाको नाम र झण्डा विवाद सुल्झाएका हुन । छलफलपछि नेकपाको युवा संगठनको नाम “राष्ट्रिय युवा संघ नेपाल” टुङ्गो लागेको हो।

यस अघि साविक नेकपा (माओवादी केन्द्र) को सहायक संगठन को रुपमा योङ्ग कम्युनिष्ट लिग नेपाल (वाइसिएल) थियो भने, साविक नेकपा एमालेको युवा संगठनको नाम युवा संघ नेपाल थियो ।

त्यस्तै स्थापना मिती २००८ साल जेठ १ गते हुने छ । संघको कार्यालय साविकको वाइसिएल नेपालको कार्यालय पेरिसडाँडा कोटेश्वरमा रहने छ भने कमिटी संख्या २५१ जनाको हुनेछ ।

यस्तै एकता पश्चात युवाको नेतृत्व पूर्वमाओवादीले पाएको थियो । वाइसिएल अध्यक्ष समेत रहेका रामप्रसाद सापकोटा ‘दिपशिखा’ संयोजक र युवा संघ अध्यक्ष रमेश पौडेल सह संयोजकको जिम्मेवारीमा रहेका छन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org