ताजा समाचार

श्रीलंकाका पाँच नागरिकलाई देश निकाला गर्ने नेपाल सरकारको निर्णय

काठमाडाैं । सरकारले गैरकानूनी रुपमा नेपाल बसेका ५ जना श्रीलङ्काली नागरिकलाई २ लाख ५० हजार रुपैयाँ जरिवाना सहित देशनिकाला गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सो जरिवाना र ३७ हजार तीन सय ८० अमेरिकी डलर भिसा शुल्क मिनाहा गरी निस्काशन गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

उनले ती बस किन्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत् साझा यातायात सहकारी संस्था लिमिटेलाई तीन अर्ब रुपैयाँ सरकारको सेयर लगानीकारुपमा उपलब्ध गराउने निर्णय गरेको बताए । सरकारले राष्ट्रिय आवास कम्पनी लिमिटेडको महाप्रबन्धकमा नारायणप्रसाद बास्तोलालाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

सरकारले गैरकानुनी रुपमा बसिरहेका ५ जना श्रीलंकन नागरिकलाई निष्काशनको निर्णय गरेको छ । यसको जानकारी बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता, सञ्चार तथा सूचना मन्त्री गोकुल बाँस्कोटाले दिएका हुन्। बाँस्कोटाका अनुसार पाँच श्रीलंकन नागरिकलाई २ लाख ५ हजार रुपैयाँ जरिवाना र ३७ हजार ३ सय ८० अमेरिकी डलर भिसा शुल्क मिनाहा गरेर निष्काशित गरिएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org