ताजा समाचार

सांसद प्याकुरेललाई बोक्ने लक्ष्मण भन्छनः दाईलाई रिंगाटा लागेपछि सक्नु भएन, मैले बोक्या हो

काठमाडाैं । बाढि पीडितको अवस्था बुझ्न राैतहट पुगेको मन्त्रीहरुको टिममा प्रदेश सभा सांसद सुमनराज प्याकुरेल एक जना युवाको बुई चढेको तस्बिरले सामाजिक संजाल तातिएको छ ।

यसबारे  सांसद प्याकुरेलसँग कुरा गर्दा उनले भने, म ब्लड प्रेसरको बिरामी मान्छे एक्कासी रिंगाटा लाग्यो । असहज भएपछि एकछिन बसेर आराम गरेर आउछु भने । तर, मेरो चिनजानका एकजना भाइले हैन म बोक्छु दाई भनेर बोके । त्यहाँ म मात्रै दलबल लिएर गएको पनि होइन् । हाम्रो साथमा उपप्रधान मन्त्री, बहालवाला मन्त्रीहरु हुनुहुनन्थ्यो । अझ पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल समेत हुनुहुन्थ्यो । त्यहाँ सानो खाल्डो थियो । मैले नसक्ने भएपछि ती भाइले मलाई बोकेर उतापट्टी लगेका हुन् । तर, कतिपय मान्छेले मानविय संवेदना समेत भुलेर अनावश्यक प्रचार गर्ने काम गरे ।

म साह्रै दुखी भए । मैले नसक्ने भएपछि ती भाइले मलाई उनकै राजी खुशीले दाई सक्नु भएन । आउनुस म बोकी हाल्छु नी भनेर बोकेके हुन तर यहाँ नानाथरी कुराहरु गरेर मलाई लज्जित बनाउन खोजियो । यो गलत हो । मानवियता त हुन्छ नी होइन ।

यस्तै, बोक्ने युवा हुन्, स्थानिय लक्षमण यादव । लक्ष्मणले हामीसँग भने, तराईको गर्मी तपाईहरुलाई समेत थाहा होला नै । त्यसैमा सुमन दाई ब्लड प्रेसरको बिरामी मान्छे नसकेर हैरान परेपछि मैले दाई आउनुस म बोक्छु भनेर बोकेको हो । मान्छे नसक्ने भएपछि बोकेको हो मैले । चाकडी गर्न या मैले उहाँलाई खुशी पार्न बोक्या त होइन नी । अर्को कुरा मलाई सुमन दाईले बोक भनेर भन्नू भा पनि होइन् ।

त्यहाँ त्यत्रो संख्यामा मान्छे थिए । बहालवाला मन्त्रिहरु हुनुहुन्छ । पूर्वप्रधान तथा नेकपाका बरिष्ठ नेता हुनुहुन्छ । प्रहरी छ । अनि मैले बोक्दा कुनै आवेगमा वा प्रेसरमा बोक्या त होइन नी । सुमन दाईको अवस्था देखेपछि मैले मेरै आग्रहमा बोकेको हो । यसलाई केहि समुदायका मान्छेले अतिरञ्जित बनाउन खोजे । यस्तो गर्न हुँदैन थियो । मलाई सोधेको भए म भनि हाल्थ्ये नी । यत्तिकै मानवियताको कुरा भुलेर मान्छेलाई कुप्रचार त गर्न भएन नी होइन र ?

रौतहट बाढीबाट यो वर्ष सबैभन्दा बढी प्रभावित जिल्ला हो। अहिलेसम्म त्यहाँ १० जनाको मृत्यु भइसकेको छ। राैतहट नेकपाका बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालको गृह जिल्ला समेत हो । भने काठमाडआैंबाट सबैभन्दा नजिकको बाढी पीडित जिल्ला समेत हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org