ताजा समाचार

नेपाली राष्ट्रिय क्रिकेट टिम आज स्वदेश फर्कदै

काठमाडौं । सिंगापुरमा सम्पन्न आईसीसी टी-ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनल खेलेको नेपाली राष्ट्रिय क्रिकेट टिम आज (सोमबार) स्वदेश फर्कदै छ ।

नेपाली राष्ट्रिय टोलीका टिम म्यानेजर रमण सिवाकोटीले नेपाली टिम राति स्वदेश फर्कने जनाएका छन् । नेपाली टिम आज राति १० : ३० बजे स्वदेश आईपुग्ने छ ।

प्रतियोगितामा नेपाल तेस्रो भएको थियो । आइतबार भएको निकै महत्वपूर्ण खेलमा नेपाल सिंगापुरसँग ८२ रनले पराजित भएको छ ।
सिंगापुरसँग पराजित भएसँगै नेपालको अष्ट्रेलियामा अर्को वर्ष आयोजना हुने टी-ट्वान्टी विश्वकप खेल्ने सपना सकिएको थियो । यस्तै नेपाल विश्वकपको ग्लोबल छनोटमा पुग्न असफल भएको थियो । सिंगापुर भने फाइनलको विजेता बन्दै ग्लोबल छनोटमा पुगेको छ ।

ग्लोबल छनोट अक्टोबर ११ देखी नोभेम्बर ३ सम्म । युएई भने आयोजकको रुपमा स्वतः ग्लोबल छनोटमा पुगिसकेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org