ताजा समाचार

चार्जमा राखेर मोबाइलमा गेम खेलिरहेका साैजनको मृत्यु

चार्जमा राखेर मोबाइलमा गेम खेल्दा युवकले गुमाए ज्यान !

विराटनगर । चार्जमा राखेको मोबाइलमा गेम खेल्दा एक युवाको ज्यान गएको छ ।

मोरङको लेटाङ नगरपालिका-०३, त्रिशुली चोकका १५ वर्षीय साैजन राईको मोबाइल चलाउदै गर्दा करेन्ट लागेर मृत्यु भएको हो ।

मोरङ प्रहरी प्रवक्ता डीएसपी राजकुमार खिउजुका अनुसार साैजन साथीको घरमा सुत्न गएका थिए । उनीहरु दुवैजना एउटै खाटमा सुतेका थिए । मोबाइल चार्जमा राखेर गेम खेलिरहेका साैजनलाई एक्कासी करेन्ट लागेर छटपटाउन थालेपछि साथी सुरज राईले आफ्ना आमा-वुबालाई बोलाएका थिए ।

साैजनलाई करेन्ट लागेको थाहा पाएपछि सुरजका आमा-वुबाले करेन्ट बन्द गरि दिएको प्रहरीले जनाएको छ । करेन्ट लागेको अवस्थामा समेत साैजनको हातमा मोबाइल थियो । भने साैजनको घाँटी जलेको अवस्थामा रहेको छ ।

शव पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारे अस्पतालमा लगिएको डीएसपी खिउजुले बताए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org