ताजा समाचार

मेस्सीमाथि तीन महिना अन्तराष्ट्रिय फुटबल खेल्न प्रतिबन्ध

काठमाडाैं । चर्चित फुटबलर लिओनल मेस्सीमाथि तीन महिना सम्पूर्ण अन्तराष्ट्रिय फुटबल प्रतियोगिता खेल्न नपाउने गरि प्रतिबन्ध लगाइएको छ ।

कोपा अमेरिकाको खेल संस्करणमा अर्जेन्टिना तेस्रो भएको थियो । तर, मेस्सीले ब्राजिललाई च्याम्पिएन बनाउन म्याच फिक्सिङ भएको जनाएपछि उनलाई प्रतिबन्ध लगाइएको हो । मेस्सीले कोपा अमेरिका भ्रष्ट भएको समेत जनाएका थिए । उनले भनेका थिए, हामी यो भ्रष्टाचारको हिस्सा बन्न जरुरी छैन् ।

दक्षिण अमेरिकी फुटबल महासंघले मेस्सीलाई प्रतिबन्ध लगाएसँगै ५० हजार डरल जरिवाना समेत तोकिएको छ ।

मेस्सीलाई यो निर्णयका विरुद्ध अपिल गर्न ७ दिनको समय समेत दिइएको छ । अर्जेन्टिनाको यहि सेप्टेम्बर र अक्टुबरमा चिली, मेक्सिको र जर्मनीसँग हुने मैत्रीपूर्ण खेल समेत मेस्सीले गुमाउने भएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org