ताजा समाचार

१२ वर्षीय बालिकालाई १५ दिनसम्म बलात्कार गर्नेसँग आमा भागेपछि….

महोत्तरी । महोत्तरी भंगहा नगरपालिकाकी १२ वर्षीया बालिकालाई ‘धम्क्याउँदै’ भारत पुर्याएर १५ दिनसम्म लगातार बलात्कार गरिएको गत महिना पीडित बालिकाले नै खुलासा गरिन् ।

आमाकै संरक्षणमा बालिकालाई भारतको दिल्ली पुर्याएर १५ दिनसम्म निर्घात कुटपिट गरी बलात्कार गरिएको थियो ।

पटक–पटक बलात्कृत हुनबाट जोगिन र ज्यान जोगाउन बालिकाले इन्टरनेटको माध्यमले दिल्लीबाट नेपालमा रहेकी आफ्नी ठूली आमालाई घटनाबारे जानकारी गराइन् । यो समाचार आजको नागरिक दैनिकले छापेको छ ।

रोजगारीको प्रलोभन देखाएर आमाकै संरक्षणमा भारतको दिल्ली पुर्याएर गाउँकै ४० वर्षीय सीताराम महतोले १५ दिनसम्म बलात्कार गरेको पीडित बालिकाले सुनाइन् ।

बालिकाले दुखेसो पोख्दै भनिन, ‘मलाई बलात्कार गर्ने मान्छेसँग भागेकी आमाले मसँग छोरी गएकै थिइन भन्छिन् । अब म कुन आधारमा न्याय पाउँछु ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org