ताजा समाचार

बीपी कोइराला प्रतिष्ठानका उपकुलपति राैनियार विरुद्ध विशेष अदालतमा १ करोड २८ लाखको भ्रष्टाचार मुद्धा

काठमाडाैं । अख्तियार दुरुपयोग आयोगले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा. राजकुमार राैनियार विरुद्द विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर गरेको छ ।

राैनियारले होस्टेल र फार्मेसी भवन निर्माण गर्दा ठेकेदार कम्पनी श्यामसुन्दर निर्माण सेवा प्रालीको सब कन्ट्र्याक्टर गिना कन्स्ट्र्क्सन कम्‍पनीका प्रबन्ध निर्देशक सुशीलकुमार झासँग पटक पटक गरेर १ करोड २८ लाख रुपैया घुस रकम लिएको पुष्टी भएको भन्दै अख्तियारले मुद्धा दायर गरेको हो ।

भवन निर्माणको मोविलाइजेसन रकमको भुक्तानी दिँदा र विभिन्‍न मितिमा रनिङ विलको भुक्तानी दिँदा पटक पटक कमिसनवापत घुस लिएको अडियोसहित अख्तियारमा उजुरी परेको थियो ।

त्यस्तै उक्त भवन निर्माणको चौथो रनिङ बिल भुक्तानीका लागि ठेकदार कम्पनीका झालाई बोलाई ८ लाख रुपैयाँ घुस मागेको उजुरी सूचना पाएपछि गएको अख्तियार टोलीले रौनियार र प्रतिष्ठानमै कार्यरत उनका भतिज डा. रामहरि रौनियारलाई घुससहित पक्राउ गरेको थियो ।

यस्तै, उपकुलपति राैनियारका भतिज रामहरि रौनियारविरुद्ध ८ लाख रुपैयाँ विगो दावीसहित भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org