भुटानी शरणार्थीका पीडाः सक्कली यतै नक्कली उडे अमेरिका
काठमाडाैं । राष्ट्रसंघीय शरणार्थी आयोगमार्फत तेस्रो देशमा बसोबासका लागि सबै कागजी प्रक्रिया पूरा गरिन्जेल परिवारका अन्तरे छोरा मोतीलाल थापा (राज) लहरै पंक्तिमा उभिएका थिए । तर उड्ने बेला यी अन्तरेका ठाउँमा अरु कोही अमेरिकाको मिसोरी पुगेको धेरै ढिलो थाहा भयो ।
आजको कान्तिपुर दैनिकले लेखेको छ, ‘म भुटानको दागाना जिल्लाबाट बुबाआमाका पछि लागेर सन् १९९२ मा बेलडाँगी शिविर आइपुग्दा ११ वर्षको थिएँ,’ बेलडाँगी शिविरमा भेटिएका थपाले सुनाए, ‘यतै पढियो, बढीयो । शरणार्थी दर्ता र प्रमाणीकरणमा पनि परें । घरफिर्तीको कुरा सुरु हुँदै गर्दा बाबु लालबहादुर यही शिविरमा सन् २०१२ मा वित्नुभयो ।’
बीचमा मोतीलाल भारतको मणिपुर गएर गाईपालनमा लागे । सन् २०१५ को अन्त्यतिर एक दिन फेसबुक खेल्दा मात्रै बहिनी दिल्लीमायाबाट मोतीलाले थाहा पाए, घरपरिवारकै अमेरिकी पुनर्वासबारे । ‘कुदेर शिविर आइपुगे ।’ मोतीलाले सुनाए, ‘शिविरको व्यवस्थापन समिति र शरणार्थी आयोगले भरेका कम्प्युटरको लगबुमा हेरिहेरें । कतै मेरो नाममा फोटो खली राखिएको थियो, कतै मोतीलाल थापा अमेरिका गइसकेको भनेर अर्कैको तस्बिर देखाइयो ।’
शिविरमा भेटिएका ४६ वर्षीय जीतबहादुर मगरको कथा पनि उस्तै छ ।
Comments
अरु समाचार
-
जनकपुरमा जलिरहेको अवस्थामा युवतीको शव बरामद
काठमाडौं । जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ । उपमहानगरपालिका–१६ कपिलेश्वरमा गए राति करिब ९ बजे आसपासमा...
-
माइक्रोबस र जिप ठोक्किँदा ८ जना चिनियाँ घाइते
काठमाडौं । कास्कीको पोखरामा माइक्रोबस र जिप ठोक्किँदा ८ जना चिनियाँ नागरिक घाइते भएका छन् । पोखराको शहीदचोकबाट मुस्ताङचोक तर्फ...
-
एन्फा उपाध्यक्ष दावा लामा पक्राउ
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको...
-
बारामा ट्यांकरको ठक्करबाट प्रहरी जवानको मृत्यु
काठमाडौं। बाराको जितपुर सिमरा उपमहानगरपालिकामा तेल ट्यांकरले मोटरसाइकलमा ठक्कर दिँदा एक प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला...
-
जातीय भेदभाव गरेको आरोपमा हल्दिबारीका पूर्वउपाध्यक्ष गिरी पक्राउ
काठमाडौं । जातीय आधारमा विभेद र अपमान गरेको आरोपमा हल्दिबारी गाउँपालिकाका पूर्वउपाध्यक्ष डम्बर गिरी पक्राउ परेका जिल्ला प्रहरी कार्यालयले जनाएको...
-
सिरहामा हतियारधारी समूहले लुट्यो रु १५ लाख
काठमाडौं । सिराहामा आज दिउँसो हरियारधानी एक समूहले ‘मनि ट्रान्सफर’को रकम लुटपाट गरेको छ । सदरमुकामबाट विष्णुपुर गाउँपालिकामा रहेको एक...
-
बसको ठक्करबाट ड्युटीमा रहेका ट्राफिक प्रहरीको मृत्यु
काठमाडौं । बसको ठक्करबाट ड्युटीमा रहेका एकजना ट्राफिक प्रहरी जवानको शुक्रबार राती मृत्यु भएको छ। जितपुर सिमरा उपमहानगरपालिकाको अमलेखगञ्ज चोकमा...
-
बैतडीमा ट्र्याक्टर दुर्घटना, दुई जनाको मृत्यु
काठमाडौं । जिल्लाको झौलेकमा शुक्रबार बिहान ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । बैतडीको सुर्नयाबाट खोड्पे जाँदै...
-
गायक रवि ओडविरुद्ध पत्नीले हालिन् बलात्कारको जाहेरी, पक्राउ पुर्जी जारी
काठमाडाैँ । गायक रवि ओडविरुद्ध उनकी श्रीमतीले वैवाहिक बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दिएकी छन्। उनले इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी...