ताजा समाचार

४० मेगावाटको अप्पर चमेलिया निर्माणमा एनआइसी एसियाको अगुवाईमा लगानी जुटाइने

काठमाडाैं । अपी पावर कम्पनी लिमिटेडले दार्चुलामा निर्माण गर्ने ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत आयोजनामा एनआइसी एसिया बैंकको अगुवाईमा लगानी जुटाइने भएको छ ।

लगानी जुटाउनेबारे हिजो (साउन २० गते) कम्पनी र बैंकबीच सहमति भएको छ । ७ अर्ब ४० करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा बैंकले १ अर्ब ३० करोड लगानी गर्ने सहमति भएको छ ।

७० प्रतिशत (५ अर्ब १८ करोड) ऋण ३० प्रतिशत (२ अर्ब २२ करोड) स्वपुँजी लगानी हुने आयोजनामा बाँकी रकम जुटाउने जिम्मा एनआइसीले नै लिएको छ । छिट्टै वित्तीय स्रोतको टुंगो लगाएर मंसिरदेखि निर्माण सुरु गर्ने कम्पनीका कार्यकारी सञ्चालक सञ्जिव न्यौपानेले बताए ।

‘अपी पावरले दार्चुलामा निर्माण गर्न लागेको यो तेस्रो आयोजना हो, काम सुरु गरेको ३ वर्षमा विद्युत उत्पादन गर्ने लक्ष्य छ,’ उनले भने, ‘सुरुङ निर्माण गर्नु नपर्ने हुँदा हामी तोकिएको समयमै विद्युत उत्पादन गर्न सक्छौं भन्ने विश्वास छ ।’ २ सय ५ मिटर हेड (उचाई) रहेको आयोजनाका लागि ३.२ मिटर ब्यास (डायमिटर) को करिब ६ किलोमिटर पाइपलाइन निर्माण हुनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org