ताजा समाचार

हचुवामा संविधान संशोधन हुँदैनः मन्त्री बाँस्कोटा

जनकपुर । सरकारका प्रवक्ता एवं सञ्चार तथा सुचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले औचित्य र आवश्यकता पुष्टि नहुन्जेल संविधान संशोधन नहुने जनाएका छन् ।

जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै मन्त्री बाँस्कोटाले भने, ‘किन र के का लागि संशोधन? औचित्य पुष्टि गर्नुपर्यो नि? यो संविधान सबै संलग्न भएर जारी गरिएको हो। मधेवादी दलले नै सरकार चलाई रहेका छन् नि? उनले भने।हचुवाको भरमा संविधान संशोधन गर्ने कुरा त आउदैनन नि ।’

यस्तै मन्त्री बाँस्कोटाले लोकसेवा आयोगको विज्ञापन समेत संविधान र कानुन सम्मत रहेको दाबी गरेका छन् । मन्त्री बाँस्कोटाले थप्दै भने, ‘जहाँसम्म आरक्षाणको व्यवस्था छ यो सधैं चल्दैन । हामी गरिबीविरुद्ध वा आरक्षणका लागि लड्दै छौं ? कुनै खासलाई आरक्षण होइन । आर्थिक हैसियतको आधारमा तल परेकालाईमाथि उकास्न आरक्षण दिने हो।’

यद्यपी उनले लाल आयोगको प्रतिवेदन अध्ययनको क्रममा रहेकाले त्यसलाई अध्ययन पश्चात सार्वजनिक गरिने समेत बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org