ताजा समाचार

पहिरो आउँदा डाक्टर केआइसिंह राजमार्ग अवरुद्ध

दिपायल। गए रातिदेखि परेको लगातारको वर्षका कारण स्याले–दिपायल जोड्ने डा. केआइसिंह राजमार्ग अवरुद्ध भएको छ ।

सो राजमार्गको डाँडा वनमा सडक माथिबाट ठूलो पहिरो आउँदा राजमार्ग अवरुद्ध भएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख कमलापति पन्तले जानकारी दिएका छन् । सडक अवरुद्ध भए पनि अहिले सो ठाउँमा तराईबाट दिपायल आउने तथा दिपायलबाट तराई जाँदै गरेका दर्जनौँ सवारी साधन तथा यात्रु अलपत्र परेका छन् ।

अवरुद्ध भएको राजमार्ग खुलाउनका लागि डिभिजन सडक कार्यालय कुल्पाते दिपायलबाट डोजर पठाइएको बताइएका छन् । डोटीसहित सुदूरपश्चिम भरीमा गए रातिदेखि ठूलो वर्षा भइरहेको छ ।

अवरुद्ध भएको राजमार्ग खुलाउन प्रहरी, स्थानीयवासी, यात्रु तथा सडकमा खटिएका कर्मचारी बिहानदेखि लागि परेपनि पहिरो ठूलो भएकाले खुलाउन नसकिएको प्रहरीले जानकारी दिएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org