ताजा समाचार

उत्तर कोरियाली साइबर आक्रमणर्ताले दुई अर्ब डलर चोरेको राष्ट्रसंघको आरोप

एजेन्सी । उत्तर कोरियाली उच्चस्तरका साइबर हमलाकर्ताले आफ्नो हातहतियार परियोजनाका लागि झण्डै २ अर्ब डलर अवैध रुपमा चोरी गरेको राष्ट्रसंघकोएक गोप्य दस्तावेजले आरोप लगाएको छ ।

बिबिसीका अनुसार उत्तर कोरियाली साइबर हमलाकर्ताले अवैध रकम चोरी गरेको पुष्टि भएको दाबी गरेको छ । यद्यपी विज्ञहरुको एउटा समूहले वित्तीय संस्था तथा क्रिप्टोकरेन्सी भनिने डिजिटल मुद्रा सटही गर्ने गिरोहहरुसँग कम्तिमा ३५ साइबर हमलाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।

विज्ञ समूहका अनुसार वार्ता गर्ने भनेर सुरु गर्दा गर्दै कुटनैतिक प्रयासहरुका विरुद्ध प्योङयाङले आफनो परमाणु र क्षेप्यास्त्र कार्यक्रमहरु अगाडी बढाइरहेको आरोप समेत लगाएका छन् ।

उनीहरू भन्छन् उसले अवैध रूपमा पानीजहाजबाट पानीजहाजमा गरिने स्थानान्तरण र नरसंहारका हतियार खरिद गर्दै राष्ट्रसङ्घीय प्रतिबन्धहरूको उल्लङ्घन गरेको समेत आरोप लगाएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org