ताजा समाचार

सुष्मा सवराजको राजकीय सम्मानका साथ अन्त्येष्टि, छोरी बाँसुरीले दिइन दागबत्ती !

काठमाडाैं । भारतीय पूर्व विदेशमन्त्री सुस्मा स्वराजको राजकिय सम्मानका साथ आज अन्तिम संस्कार गरिएको छ ।

उनलाई नयाँ दिल्लीस्थित लोधी रोडमा रहेको विद्युतिय शवदाह गृहमा राजकीय सम्मानका साथ अन्तिम संस्कार गरिएको हो। भने उनको पार्थिव शरिरमा छोरी बाँसुरी स्वराजले दागबत्ति दिएकी थिइन् ।

सन २०१६ मा मृगाैला प्रत्यारेपण गरिएकी स्वराज लामो समयदेखि बिरामी अवस्थामा रहेकी थिइन् । उनको हृदयघातका कारण दिल्ली स्थित एपोलो अस्पतालमा निधन भएको थियो ।

अन्तिम संस्कारमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाहलगायत मन्त्रिपरिषदका सदस्य, विभिन्न राज्यका मुख्यमन्त्रीका साथै विपक्षी दलका नेताहरु र विदेशी कुटनीतिज्ञ सहभागी थिए । भने, भुटानका पूर्व प्रधानमन्त्री छिरिङ तोग्बे समेत दिल्ली पुगेका थिए ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org