ताजा समाचार

छोराले ७० वर्षीय बुवालाई चिरपटले हिर्काएर हत्या !

झापा । ७० वर्षीय बुवालाई छोरा प्रकाशले चिरपटले हिर्काउदा मृत्यु भएको छ ।

झापाको कमल गाउँपालिका-०१ मा चिरपट प्रहार गरेर बुवा सूर्यबहादुर थापाको हत्या भएको हो ।

झापा जिल्ला प्रहरीका अनुसार सामान्य घरायसी विवादका कारण छोराले बुवालाई चिरपटले हिर्काएपछि उनको ज्यान गएको हो ।

‘उहाँको घटनास्थलमै मृत्यु भएको भनेर स्थानीयले खबर गरेपछि प्रहरी चोकी तोपगाछीबाट टोली खटिएको थियो’, प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले भने, ‘टोलीले चिरपट प्रहार गर्ने छोरालाई नियन्त्रणमा लिएको छ ।’

घटनाबारे थप अनुसन्धान भएरहेको प्रहरीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org