ताजा समाचार

यी हुन नक्कली नोटका कारोबारी, प्रहरीले नोट छाप्ने मेसिनसहित ७ जनालाई गर्‍यो सार्वजनिक

कैलाली । नक्कली नोट र नोट छाप्ने मेसिनसहित पक्राउ परेका ७ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

धनगढी र काठमाडाैंबाट विभिन्न समयमा पक्राउ परेका ७ जना नक्कली नोट कारोबारीलाई जिल्ला प्रहरी कार्यालय कैलालीले शुक्रबार पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको हो । उनीहरुकाे साथबाट खोटा नोट छाप्ने मेसिन एक थान, नोट छाप्न प्रयोग भएको दुई सय २० थान सेतो पेपर र नेपाल तथा भारतका नक्कली नाेट प्रहरीले बरामद गरेकाे छ ।

नक्कली नोट छाप्ने र कारोबार गरेको आरोपमा पपक्राउ परेका चुरे गाउँपालिका–१, कैलालीका २५ वर्षीय खग्रेन्द्र बम भन्ने खग्रेन्द्र रजवार, २२ वर्षीय भोजबहादुर बम, धनगढी उपमहानगरपालिका–३ का २४ वर्षीय पल्लपराज भट्ट र बर्दिवास नगरपालिका–६, महोत्तरीका २५ वर्षीय गोकुल खड्का रहेका छन् । त्यस्तै, भारत लख्मिपुरका श्रवणकुमार सिंह, गुरु जीत र खुराम दगौडालाई पनि प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ ।

पक्राउ परेका ७ जनालाई विभिन्न समयमा काठमाडाैं र धनगढीबाट पक्राउ गरिएको कैलालीका प्रहरी उपरीक्षक सुदीप गिरीले जनाए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org