ताजा समाचार

साहित्यिक मान्छे झण्डै अर्ध पागल बनेर विद्रोहमा होमिएः प्रचण्ड

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले अर्ध पागल जस्तै बनेर विद्रोहमा होमिएको जनाएका छन् ।

उपन्यास, निबन्ध र सस्मरण पढेर उत्तेजित हुने मान्छे भएको भन्दै आफू भावुक, साहित्यिक अनुरागी मान्छे भएको प्रचण्डको तर्क छ ।

कुनै समय लेनिनले भन्नूभएको थियो, मलाई साहित्यप्रती अत्यन्तै रुचि थियो । राजनीतिको यस्तो चक्रमा फसियो साहित्यलाई समय दिन सकिएन । जुन मेरो आदर्श वाक्य वन्ने गरेको छ । प्रचण्डले भने ।

परिस्थितिले राजनीतिमा लागेपनि आफूलाई साहित्यमा अत्यन्तै रुची भएको भन्दै आफू लेनिनको आदर्शबाट प्रभावित भएको दाबी गरे ।

म झण्डै झण्डै अर्ध पागल बनेर विद्रोहमा लागेको हुँ । सवै वेतिथी र विकृति सहन नसकेर साहित्यिक अनुभुती मर्दै गएर विद्रोहमा होमिएको हो । प्रचण्डले भने ।

तर, आफूले कसैको एक लपेटो नखाएको र कसैलाई एक लपेटो नहानेको प्रचण्डको दाबी छ । आफ्नो नेतृत्वमा ठूलो विद्रोह भएपनि हिंसामा कुनै सहभागीता नभएको दाबी गरेका छन् ।

शमी मासिक साहित्यिक पत्रिका तथा झरीको सौन्दर्य निबन्धसंग्रह लोकार्पण समारोहमा बोल्दै प्रचण्डले यस्तो जनाएका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org