ताजा समाचार

शिल्पा र छविलाई पक्राउ गर्न जिल्ला अदालतको आदेश उच्च अदालतद्वारा सदर

काठमाडाैं । अभिनेत्री शिल्पा पोखरेल र निर्माता छविराज ओझालाई पक्राउ गर्न जिल्ला अदालत काठमाडाैंले दिएको आदेशलाई उच्च अदालत पाटनले सदर गरेको छ ।

उच्च अदालतका न्यायाधीशद्वय रमेशप्रसाद राजभण्डारी र सरलाकुमारी पाण्डेको संयुक्त इजलासले नायिका पोखरेलले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गर्दै उनीहरूलाई पक्राउ गर्न बाटो खोलिदिएको हो।

शिल्पाले काठमाडौं जिल्ला अदालतसहित ६ जनालाई विपक्षी बनाएर साउन १६ गते उच्च अदालतमा निषेधाज्ञाको मागसहित रिट निवेदन दिएकी थिइन्।

उच्च अदालतको आदेशमा शिल्पाले दिएको निवेदनअनुसार निषेधाज्ञा जारी गर्न नमिल्ने प्रष्ट पारिएको छ ।

छविकी जेठी पत्नी हेमा ओझाको तर्फबाट अधिवक्ताहरू स्वागत नेपाल र तुलसा शर्माले बहस गरेका थिए। छविका तर्फबाट कसैले बहस गरेनन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org