ताजा समाचार

मायादेवी गाउँपालिका अध्यक्षको गाडीमा आगजनी

तौलिहवा । कपिलवस्तुको मायादेवी गाउँपालिका प्रमुख बजरंगी चौधरीले प्रयोग गर्दै आएको लु१झ ४०० नम्बरको सरकारी गाडीमा पूर्ण रुपमा जलेको छ ।

सदरमुकाम तौलिहवास्थित निवास अगाडि पार्किङ गरेर राखिएको नयाँ स्कार्पियो गाडीमा आगजनी भएको हो । गाडी जलेर काम नलाग्ने गरी नष्ट भएको छ ।

राति साढे १० बजेतिर भएको आगजनीको जिम्मेवारी कसैले लिएको छैन । घटनाबारे अनुसन्धान भइरहेको कपिलवस्तु प्रहरी प्रमुख दीपशम्शेर जबराले बताए ।

गाडीमा लगाइएको आगो राति नै कपिलवस्तु नगरपालिकाको दमकलले निभाएको थियो । गाउँपालिका प्रमुख समाजवादी पार्टीका हुन् ।

गएराति नै दाङको बंगलाचुली गाउँपालिका अध्यक्ष भक्तबहादुर वली चढ्ने गाडीमा पनि आगजनी भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org