ताजा समाचार

सांसद रोकाको पहलमा नेपाल प्रहरीका जवानलाई हेलिकोप्टर मार्फत उद्दार

रुकुम पूर्व । प्रतिनिधिसभा सदस्य तथा पुर्व खेलकुद मन्त्री कमला रोकाको पहलमा दुर्गम हिमाली जिल्ला रुकुम पूर्वबाट  एक प्रहरी जवानको उद्दार गरिएको छ ।

सुर्खेतको विरेन्द्रनगर गाँउपालीका वडा नम्बर १६ स्थायी घर भई रुकुम पूर्वको पुथा उत्तरगंगा गाँउपालीका मैकोट प्रहरी चाैकीमा कार्यरत प्रहरी जवान महेन्द्र भट्टराईलाई आज आइतबार हेलिकप्टर मार्फत उद्धार गरेर नेपालगंजस्थित भेरी अस्पतालमा लगिएको हो ।

प्रहरी जवान भट्टराईलाई स्वासप्रश्वासमा समस्या आएपछि उनलाई समयमै उपचार हुन नसक्दा स्वास्थ्य स्थिती नाजुक बन्दै गएपछि नेपाली सेनाको हेलिकोप्टर मार्फत उद्दार गरीएको हो ।

सांसद रोकाको पहल कदमीमा रक्षा मन्त्रालय र गृह मन्त्रालयको समन्वयमा नेपाली सेनाको हेलीकोप्टर मार्फत उद्दार गरीएको प्रतिनिधिसभा सदस्य कमला रोकाले जनाएकी छन् ।

प्रतिनिधिसभा सदस्य रोकाले भनिन्, सेवा लिन नितीगत व्यवस्था एकदमै  झण्जटीलो भएकोकाले आपतकालिन रुपमा दिनु पर्ने सेवा समेत प्रभावित बन्न पुग्ने गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org