ताजा समाचार

प्रदेश ३ को राजधानी हेटाैडा बाहिर लैजानेबारे सोचे मात्र पाप लाग्छः मुख्यमन्त्री पाैडेल

कम्युनिष्ट मन्त्रीले पाप धर्मका कुरा गरेर जनता हसाएको आरोप

हेटौंडा । केहि दिन पहिले प्रदेश ३ को राजधानी काठमाडाैं बाहेक जता लगेपनि कुनै फरक नपर्ने बताएका मुख्यमन्त्री डोरमणी पाैडेलले आज राजधानी सार्ने विषय कसैले सोचे वा सार्न खोजे उसलाई पाप लाग्ने बताएका छन् ।

नुवाकोट वा रामेछाप लगेपनि आफुलाई आपत्ति नभएको बताएपछि आलोचनाको सिकार बनेका मुख्यमन्त्री पाैडेलले जिल्ला समन्वय समिति मकवानपुरको चौंथो जिल्ला सभालाई सम्बोधन गर्दै मुख्यमन्त्रीको घर आगनमा भएको राजधानी कसैले सार्न सोचे मात्रै पाप लाग्ने बताएका हुन् ।

संविधानको बिरुद्धमा आफूले बोल्न नहुने बताएका उनले पूर्वाधारको व्यवस्थापन रहेको हेटौंडाबाहेक अन्यत्र राजधानीको सम्भावना नरहेको बताए ।

उनले संविधानतः प्रदेश सभाका सदस्यले टुङग्याउने बिषय भए पनि अहिले गणितीय हिसाबमा ७४ जना पुर्‍याउन सक्ने अवस्थामा नभएको भन्दै सबै प्रदेशसभा सदस्यलाई आफ्नो पक्षमा राख्न सबैको भूमिका आवश्यक रहेको बताए ।

यदयपी हेटाैडा बाहेकका जनताले कम्युनिष्ट मुख्यमन्त्रीले पाप धर्मको कुरा गरेर दुनियाँ हसाएको भन्दै उनको धार्मिक आस्थाबारे समेत प्रष्ठ भएको आरोप लगाएका छन् । भने, मुख्यमन्त्री पाैडेल धर्म निरपेक्षेताको विरोधमा उत्रदैनन ? भनेर शंका गर्ने ठाउँ समेत रहेको आरोप लागेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org