ताजा समाचार

रुकुम चेस क्लबले अनुबन्ध गर्‍यो पाँच खेलाडी

काठमाडौं । रुकुम चेस क्लबले राष्ट्रिय च्याम्पियनसिपका लागि पाँच खेलाडीलाई अनुबन्ध गरेको छ । चेस खेला समेत खेलाडी अनुबन्ध गर्ने प्रचलन सुरु भएको हो ।

मिलन लामा, विवेक श्रेष्ठ, युवराज पाैडेल, सुस्रुत दाहाल र मिलन रोक्का क्लबमा अनुबन्धित भएका हुन् ।

मिलन लामा अन्तराष्ट्रिय रेटिङ्ममा २०३४ मा रहेका छन भने उनी यू- १० का च्याम्पियनका साथै सहकारी चेस च्याम्पियनका उपविजेता समेत हुन् । यस्तै हालै पूर्वमा भएको पथरी ओपन विजेता रहेका सुस्रुत दाहाल १८१९ रेटिङ्गमा छन् ।

यस्तै, विवेक श्रेष्ठ १८४४, यू- १६ उपविजेता भई २०१७ का ओलम्पियाडमा सहभागी भइसकेका युवराज पौडेल १६६३ र मध्यपश्चिमका विजेता भइसकेका रुकुमका पहिलो चेस खेलाडी मिलन रोक्का १७६६ रेटिङ्गमा छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org