ताजा समाचार

विर्तामोड नगरपालिकाको वडा कार्यालयमा बम विस्फोट

काठमाडाैं । झापाको विर्तामोड नगरपालिकाको वडा नम्बर ७, ८ र ९ को संयुक्त कार्यालयमा बम विष्फोट भएको छ ।

तीनवटै वडाको कार्यालय रहेको गरामनीस्थित एक भवनमा सोमबार बिहान साढे चार बजेतिर ठूलो आवाजका साथ बम विष्फोट भएको हो ।

प्रहरीका अनुसार विस्फोट बिहान साढे चार बजेको आसपासमा भएको हो। विस्फोटबाट कार्यलायका झ्यालका सिसा फुटेको प्रहरी नायब उपरिक्षक महेन्द्र कुमार श्रेष्ठले जनाएका छन् ।

विस्फोट कसले गराएको हो भन्ने खुलेको छैन् । प्रहरीले यसबारे अनुसन्धान थालेको छ । तर विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाले विस्फओट गराएको हुन सक्ने आशंका गरिएको छ ।

यसअघि रामेछापको मेलम्ची नगरपालिकाको १० नम्बर वडा कार्यालयमा पनि आगजनी भएको थियो ।

आइतबार रातिमात्रै दाङको बंगलाचुली गाउँपालिका र कपिलवस्तुको मायादेवी गाउँपालिका अध्यक्ष चढ्ने गाडीहरुमा आगजनी भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org