ताजा समाचार

हजाराैंको संख्यामा प्रदर्शनकारीहरु विमानस्थल छिरेपछि उडान स्थगित

काठमाडाैं । प्रदर्शनकारीले हङ्‍कङ विमानस्थल कब्जा गरेपछि सम्पूर्ण उडान अवतरण रद्द भएका छन् ।

सरकार विरोधि आन्दोलनकर्ताहरुले विमानस्थलको टर्मिनल खचाखच भरिएको छ । आन्दोलनकर्ताहरुले ढंगामुढा गर्न थालेपछि प्रहरीले अश्रु ग्यास र कम घातक गोली समेत चलाएको छ । विभिन्न समाचार एजेन्सीहरुका अनुसार हङ्‍कङमा आन्दोलन भड्किने अवस्थामा पुगेको छ ।

अधिकारीहरूले नागरिकहरूलाई विमानस्थल नआउन भन्दै आगमनको क्रममा रहेका विमानहरूलाई भने आउन दिने बताएका छन्।

सन् २०१८ मा सो विमानस्थल हुँदै सात करोड ५० लाख यात्रुले यात्रा गरेका थिए।

विमानस्थलमा हजाराैंको संख्यामा प्रदर्शनकारीहरु रहेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org