ताजा समाचार

पोखरामा २ लाख बढी रकमसहित ३४ जुवाडे पक्राउ

काठमाडाैं । कास्की प्रहरीले पोखरामा जुवातास खेल्ने ३४ जनालाई विभिन्न ठाउँबाट २ लाख २१ हजार ९ सय ९० रुपैयाँसहित पक्राउ गरेको छ ।

चाड पर्व नजिकिदै गएपछि जुवा तास खेल्नेहरुमाथि कडाई गर्दै कास्की प्रहरीले शनिवार र आइतबार राती पोखरा महानगरपालिका ५, ८, ३२ र १६ वडाबाट अवैध रुपमा जुवातास खेल्ने ३४ जना पक्राउ गरेको कास्कीका प्रहरी प्रमु|ख एसपी दानबहादुर कार्कीले बताए ।  पक्राउ परेका जुवाडेहरुलाई जुवा मुद्धा अन्तर्गत म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको उनले जनाए ।

पोखरा महानगरपालिका ५ पर्स्याङ् स्थित विमला श्रेष्ठको घरमा डेरा गरी बस्ने कमला रानाभाटको कोठामा शनिबार जुवा तास खेलीरहेको अवस्थामा ४ बुक तास सहित ८ जना व्यक्ति पक्राउ परेको प्रहरीले प्रहरीले जनाएको छ । उनीहरुको साथबाट प्रहरीले नगद १ लाख २१ एक्काइस हजार १ सय ४० रुपैया फेला पारेको छ ।

त्यसैगरी शनिबार नै पोखरा ८ नागढुगा स्थित बालकृष्ण शर्माले संचालन गरेको निरज होटलको तेस्रो तल्लामा जुवातास खेलेको भन्ने गोप्य सुचनाको आधारमा ४ बुक तास सहित सहित ७ जना व्यक्ति पक्राउ परेको प्रहरीले जनाएको छ । साथै उनीहरुको साथबाट प्रहरीले ६२ हजार ८ सय ३५ रुपैया बरामद गरेको छ ।

पोखरा ३२ झैरीचोक स्थित रामराज पौडेलको गोठमा जुवातास खेलाइरहेको अबस्थामा आइतवार ४ बुक तास सहित सहित ११ जनालाई पक्राउ गरेको प्रहरीले उल्लेख गरेको छ । उनीहरुबाट प्रहरीले ३२ हजार ८ सय १५ रुपैया बरामद गरेको छ ।

त्यसैगरी पोखरा १६ दिप स्थित दुर्गा घलेको घरमा प्रहरी टोलीले जुवा तास खेली खेलाईरहेको अबस्थामा ३ बुक तास, जुवातास खेल्ने खेलाउने दुर्गा घले सहित ८ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट २५ हजार २ सय रुपैया बरामद गरेको जनाएको छ ।

एसपी कार्कीले पोखरामा जुवा तास खेल्नेलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको भन्दै पोखराको सुरक्षा व्यवस्था चुस्त पार्न प्रहरीले सक्रियता बढाएको जनाए । कार्कीक अनुसार पक्राउ परेका सबैलाई जुवा मुद्धा अनुसार अनुसन्धान भइरहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org