ताजा समाचार

धुम्बाराहीमा ‘होटल अकामा’ सञ्चालनमा

काठमाडाैं । काठमाडाैंको धुम्बाराहीमा दुई अर्ब नाै करोड रुपैयाँ लगानीमा होटल अकामा सञ्चालनमा आएको छ ।

१ सय ८ कोठा तथा २ सय १६ बेडसहित सञ्चालनमा आएको उक्त होटल सानिमा ग्रुपको लगानीमा निर्माण सम्पन्न भएको हो ।

होटलमा ९० डलरदेखि ६ सय डलरसम्मका कोठा उपलब्ध रहेका छन् । व्यायामशाला, स्िविमिङ पुल, रेस्टुरेन्ट, बार, कफी क्याफे, विभिन्न पार्टी तथा विवाह समारोह, बैठकका लागि ५ सय जनासम्म अटाउने सभाहलसहित प्रशस्त पार्किङको सुविधा रहेको होटेलले जनाएको छ ।

होटलको नवाैं तलामा रहेको चाओ बेला चाइनिज इटालियन रेस्टुरेन्टमा मनोरम दृश्यको अवलोकनसँगै अन्तराष्ट्रिय स्तरको खानाको स्वादका साथै उक्त स्थानमा प्रतिक्षालय, कफी सप, पुल, बार तथा रेस्टुरेन्टको सुविधा पनि रहेको जनाइएको छ ।

होटेलले प्रतिष्ठित साइबेक्सका उपकरणसहितको जिम क्लब पनि सञ्चालनमा ल्याएको जनाएको छ । अबको एक महिनाभित्र होटल पूर्णरुपमा सञ्चालनमा आउने तयारी भइरहेको छ । होटलमा स्थानिय नेवारी र हिमाली संस्कृतिको स्वा लिन सकिने जनाइएको छ । साथै ओपनिङ अफरको रुपमा होटलको रेस्टुरेन्टमा २० प्रतिशतसम्म छुटको व्यवस्था रहेको होटलका अध्यक्ष विनयकुमार श्रेष्ठले जनाए ।

विश्वस्तरिय आधुनिक सेवालाई नेपाली माैलिकतामा ढाल्ने प्रयाससहित सेवा सुविधामा विशेष जोड दिइएको होटलले जनाएको छ । सरकारले नेपाल भ्रमण वर्ष २०२० मा नेपालमा पर्यटक आगमन वृद्धि गराउन विभिन्न पहल गरिरहेका बेला पर्यटकलाई विभिन्न पहल गरिरहेका बेला पर्यटकलाई विभिन्न सुविधा दिलाउन सफल हुने होटलले विश्वास लिएको अध्यक्ष श्रेष्ठले जनाएका छन् ।

होटल सञ्चालनमा आएसँगै ४० जनाले प्रत्यक्ष रोजगारी पाउने छन् । होटलले बुकिङ समेत खुला गरिसकेकाले विस्तृत जानकारी लिन होटेलको वेबसाइटबाट जानकारी लिन सकिने होटलले जानकारी दिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org