ताजा समाचार

अमेरिकामा ग्रीन कार्ड पाउन थप मुस्किल, सार्वजनिक भयो नयाँ नियम

एजेन्सी । अमेरिकी सरकारले वैधानिक रुपमा अमेरिकामा रहेका आप्रवासीको भिसा अवधि बढाउने र ग्रिन कार्ड पाउने प्रक्रियालाई कडा पारेको छ ।

परिवर्तित नियमअनुसार सरकारी सुविधामा एक वर्षभन्दा बढी समय आश्रित रहने आप्रवासीहरु प्रभावित हुने छन् । सरकारको आप्रवासनसँग सम्बन्धित नियममा गरेको परिवर्तनले भविष्यमा अमेरिकी सरकारको सेवामा आश्रित हुने आप्रवासीहरु प्रभावित हुनेछन् ।

ह्वाइट हाउसले यो कदम अमेरिकी नागरिकको हितको रक्षाका लागि आवश्यक भएको बताएको छ । उसले आप्रवासी आत्मनिर्भर हुनुपर्नेमा जोड दिएको छ ।

अमेरिकी नागरिकता र आप्रवासन सेवाका कार्यवहाक निर्देशक केन कच्चिनेलीले नयाँ नियमको घोषणा गरेका हुन । उनले ग्रिन कार्ड निवेदन दिने व्यक्तिको वित्तीय स्थिति, शिक्षा, उमेर तथा उसको अंग्रेजी भाषामा रहेको दक्षतालाई आधार बनाएर निर्णय हुने बताएको छ ।

सोमबार संघीय रजिस्टारमा ‘पब्लिक चार्ज रुल’मा नयाँ नियम प्रकाशित भएको छ । तर यो अक्टोबर १५ बाट मात्रै लागू हुनेछ ।

अमेरिकी नागरिकता र आप्रवासन सेवाका कार्यवाहक निर्देशक केन कुच्चिनेलीले सोमबार पत्रकार सम्मलेनमा यो नियमको घोषणा गरे ।

उनले भने, ‘ग्रीन कार्डका लागि निवेदकको आर्थिक स्थिती, शिक्षा, आयु र उनीहरुले अंग्रेजी जानेको स्तरलाई आधार मानेर निर्णय लिइनेछ । कुनै एक मापदण्डलाई आधार मानेर यसबारे विचार गरिनेछैन । ’

सोमबार फेडरल रजिस्टरमा ‘पब्लिक चार्ज रुल’ नामको यो नयाँ नियम प्रकाशित भएको हो । नयाँ नियम यसै वर्ष १५ अक्टोबरदेखि लागू हुनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org