ताजा समाचार

प्रतिनिधिसभा सांसद यादवले बुझाए राजीनामा

काठमााडाैं । सप्तरी १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा. सूर्यनारायण यादवले सांसद पदबाट राजीनामा दिएका छन् ।

सांसद यादवले प्रतिनिधिसभा सभामुख कृष्णबहादुर महरा समक्ष सोमबार राजीनामा बुझएका हुन् । सभामुखको सचिवालयका अनुसार सांसद यादवले राजीनामा बुुझाएका छन् तर, आैपचारीक रुपमा निर्णय हुन भने बाँकी रहेको छ ।

यादवले राजीनामा बुझाएको समाजबादी पार्टीका एक नेताले जनाएका छन् । यद्यपी उनको राजीनामाबारे पार्टीले निर्णय भने लिइसकेको छैन्। यादव कहलिएका चिकित्सक समेत मानिन्छन् ।

यादवको राजीनामा स्विकृत भएमा प्रतिनिधिसभामा समेत थप एक सिट खाली हुनेछ । सरकारले यहि मंसिर १४ गते उपनिर्वाचनको मिति तय गरेको छ । भने प्रतिनिधिसभा सदस्यका लागि दुई स्थान कास्की क्षेत्र नम्बर २ र सप्तरी १ मा उप निर्वाचन हुनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org