ताजा समाचार

सन्दीप लामिछानेलाई अमेरिका प्रवेशमा रोक

काठमाडाैं । राष्ट्रिय टिमका खेलाडी युवा क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन अस्विकार गरेको छ ।

लामिछानेले आफूलाई अमेरिकाले भिसा दिन अस्विकार गरेको भन्दै ट्विट गरेका छन् ।

उनले ट्विट गर्दै लेखेकाछन्, ‘म मुस्कुराउदै थिए र यी सबै कुरा देखिरहदा म वास्तवमै अवाक् भए किनकी मसँग सबै आवश्यक काग़ज़ात भएर पनि यस्ताे आखिर किन? एक खलाडीको रूपमा मलाई त्यहा जान र खेलमा सहभागि हुन पक्कैपनि असहज भएको छ ।’

यस्तै उनलेआफू आज अमेरिकी दुतावासमा २०१९ मा हुन लागेको सिपीएल टुर्नामेन्टका लागि भिसाको लागि गएको जनाएका छन् । आफू नेपाली राष्ट्रिय टिमको क्रिकेट खेलाडी भएर २०१६ देखि विश्वका विभिन्न देशमा विभिन्न लिग खेलेको तर अमेरिकी भिसा नपाएको भन्दै अचम्मित बनेको जनाएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org