ताजा समाचार

म्याग्दीमा वडाध्यक्षलाई कालो मोसो र चप्पलको माला !

म्याग्दी । म्याग्दी नगरपालिका २ नम्बर वडाका वडाध्यक्ष हिराबहादुर थापालाई कार्यालय मै कालो मोसो र चप्पलको माला लगाएर दुर्व्यवहार गरिएको छ ।

बिहिबार बिहान ११ बजे वडा कार्यालयमा काम गरिरहेका थापालाई एक हुल समूहले कालो मोसो र चप्पलको माला लगाइएको हो ।

वडाध्यक्ष थापालाई विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाले भ्रष्टाचारीको आरोप लगाउदै आएको थियो । म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले का अनुसार विप्लव नेतृत्वको पार्टीले यस्तो कार्य गरिएको आशंका गरिएको छ ।

कालो मोसो दल्ने र चप्पलको माला लगाउनेको खोजी कार्य भइरहेको अधिकारी ढकालले जनाए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org