ताजा समाचार

रसुवामा सिडियो भण्डारी र सहायक सिडियो भट्टराईबीच कार्यसम्पादन सम्झाैता सम्पन्न

रसुवा । जिल्ला प्रशासन कार्यालय रसुवामा प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीबीच कार्यसम्पादन सम्झाैता सम्पन्न भएको छ ।

प्रमुख जिल्ला मअधिकारी अर्जुन भण्डारी र सहायक प्रमुख जिल्ला अधिकारी सपना कुमारी भट्टराईबीच विभिन्न ५ क्षेत्र र ५० वटा कामलाई आधार मानेर १०० पूर्णाङ्कमा कार्यसम्पादन सम्झाैता सम्पन्न भएको हो ।

सम्झाैतापत्रमा हस्ताक्षर गर्दै अधिकारी भण्डारीले शाखा प्रमुखदेखि सहायकस्तरका कर्मचारी सम्ममा लागु हुने गरि कार्य सम्पादन सम्झाैता सम्पन्न भएको वताए ।

सम्झाैता अनुसार चौमासिक रूपमा सबै कर्मचारीको कार्यसम्पादन र कार्यविवरण अनुसारको कार्य प्रगति लिखित मुल्यांकन गर्ने र पृष्ठपोषण उपलव्ध गराउने प्रणालीको बिकास गरीने समेत प्रमुख भण्डारीले जनाए ।

भण्डारीले रसुवा जिल्लाको प्रमुख भएरे पुगेदेखि रसुवामा सफाई अभियानदेखि जनताका सेवामा चुस्तता ल्याउन विभिन्न किसिममा रचनात्मक काम गर्दै आएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org