ताजा समाचार

नेकपा प्रदेश ५ का सचेतक ढकालको निवासमा बम विस्फोट

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रदेश ५ सचेतक भूमेश्वर ढकालको निवासमा बम विस्फोट भएको छ ।

ढकालले प्रयोग गर्दै आइरहेको लु १ ज ४५६ नम्बरको कारलाई लक्षित गरेर ३ वटा बम विस्फोट गराइएको हो ।

इलाका प्रहरी कार्यालय, बुटवलका डीएसपी भीमलाल भट्टराईका अनुसार ढकालको निवास सैनामैना नगरपालिका-०७ मा राती ३ ब‍वटा बम विस्फोट गराइएको हो । बमले कारको पछाडीको भागमा क्षति पुगेको भएपनि घरका अन्य ठाउँमा भने कुनै क्षति भएको छैन् ।

विस्फोटको समयमा ढकालको निवासमा बुवा-आमा र पत्नी घरमा रहेका थिए । तर, सचेतक ढकाल भने उपचारको सिलसिलामा काठमाडाैंमा रहेका छन् । उनी प्रदेशसभाको गाडी खरिद प्रकरणमा मुछिएका पात्र समेत हुन् । बम विस्फोटको जिम्मा कसैले लिएको छैन्  । यसबारे थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org