ताजा समाचार

एनआइसी एसिया बैंकको नाफा १२९ प्रतिशतले बढ्यो, ३०५ करोड नाफा

काठमाडाैं । एनआइसी एसिया बैंकले गत आर्थिक बर्ष ३ अर्ब ५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

१२९ प्रतिशतले नाफा बृद्धि गर्दै बैंकले अघिल्लो बर्षको १ अर्ब ३३ करोडको नाफामा बैंकले १ अर्ब ७२ करोड रुपैयाँ थपेर यसपाली ३ अर्ब ५ करोड नाफा पुर्याएको हो।

बैंकले कुल आम्दानी ७७ प्रतिशतले बढाएर ९ अर्ब ५१ करोड आर्जन गरेको छ। यस अवधिमा खुद ब्याज आय ६५ प्रतिशत अर्थात् २ अर्ब ७५ करोडले वृद्धि गरी ६ अर्ब ६९ करोड पुर्याएको छ।

बैंकले वासलातको आकार नै २७ प्रतिशतले बढाएर २१७ अर्ब ७० करोड पुर्याएको छ। बैंकको कुल कर्जा एक बर्षमा २९ अर्ब ५४ करोडले बढाएर१५० अर्ब तथा निक्षेप २९ अर्ब ३६ करोडले बढाएर १८० अर्ब ५८ करोड पुर्याएको छ।

बैंकको प्रति शेयर आम्दानी ३४.५६ तथा स्वपूँजीमा प्रतिफल २५.१६ प्रतिशत कायम भएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org