ताजा समाचार

जनयुद्धको क्रममा दोरम्बामा मारिएका १९ जनाको प्रतिमा अनावरण

रामेछाप । दोरम्बा हत्याकाण्डमा मारिएका १९ जनाको प्रतिमा अनावरण गरिएको छ ।

रामेछापको दोरम्बामा तत्कालीन शाही सेनाले तत्कालीन जनसरकार प्रमुख बाबुराम लालासहित १९ जनालाई नियन्त्रणमा लिएर सामूहिक हत्या गरेको थियो । जसका कारण यो हत्याकाण्ड अन्तराष्ट्रिय रुपमै बदनाम बन्न पुगेको थियो ।

दोरम्बा हत्याकाण्ड भएको १६ वर्ष मा मृतकको प्रतिमा अनावरण भएको हो । २०६० साल साउन ३२ गते भएको हत्याकाण्डपछि सरकार र माओवादीबीचको शान्ति वार्ता समेत भंग भएको थियो । यो घटनामा संलग्न सेनाका तत्कालीन मेजर राममणि पोख्रेललाई सेनाले बर्खास्त गरेको थियो ।

नेकपाका केन्द्रिय सदस्य तथा पूर्वमाओवादी नेता हितबहादुर तामाङले १९ जनाको प्रतिमा अनावरण गरेका हुन् । प्रतिमा अनावरणको लागि तत्कालीन माओवादी अध्यक्ष (हालको नेकपा अध्यक्ष) पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउने भनिए पनि मौसमको खराबीको कारण हेलिकप्टर उड्न नसकेपछि प्रचण्ड आउन सकेनन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org