ताजा समाचार

जुम्लामा बिजुली ‘युनिट कै सय’

जुम्ला । सरकारले बिजुलीमा उत्पादनमा आत्मनिर्भर बन्दै गइरहेको बताएको छ । ऊर्जा मन्त्री र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भदौ १ गते नेपाल विद्युत् प्राधिकरणको वाषिर्कोत्सवको अवसरमा दिएको सन्देशमा पनि नेपाल बिजुलीमा आत्मनिर्भरको बाटोमा गएको उल्लेख छ ।

यहीबीच जुम्लाका नागरिकले प्रतियुनिट बिजुलीका लागि सय रुपैयाँ खर्चनु पर्ने अवस्था सिर्जना भएकाे समाचार बाहिर आएको छ ।

जुम्लामा जलविद्युत् आयोजना सञ्चालनको साटो डिजेल प्लान्ट ल्याइएपछि बिजुली महँगो हुन लागेकाे कान्तिपुरले लेखेको छ ।

‘जुम्लामा ज्योति, युनिटकै सय’ शीर्षक दिएर कान्तिपुरले लेखेको छ- एक महिनादेखि बिजुलीविहीन जुम्लामा जलविद्युत् आयोजना सञ्चालनमा ल्याउनुको साटो डिजेल ल्याइयो । तर प्लान्टबाट उत्पादित विद्युत् प्रतियुनिट सय रुपैयाँ पर्ने भएको छ ।

साना जलविद्युत् आयोजना बिग्रिएपछि जुम्लामा सांसद् विकास कोषबाट १६० किलोवाट र विद्युत् प्राधिकरणबाट ३ सय किलोवाटको डिजेल प्लान्ट ल्याइएको छ । यसको उत्पादनले खलंगाको विद्युत् आवश्यकता पूर्ति गर्न सक्छ । तर प्रतियुनिट ४ रुपैयाँ महसुल तिर्दै आएका स्थानीयलाई सय रुपैयाँ तिर्नुपर्ने बाध्यता आइलागेको कान्तिपुर समाचारमा उल्लेख छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org