ताजा समाचार

नेकपाको सरकार पाँचै वर्ष टिक्छः प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्ड’ले नेकपाको सरकार ५ वरष टिक्ने जनाएका छन् ।

नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालसँगै जनकपुर पुगेका अध्यक्ष प्रचण्डले नेकपाको सरकार ५ वर्ष टिक्ने जनाएपनि कसको नेतृत्वमा भन्ने कुरा भने खुलाउन चाहेनन् ।

पत्रकारले कसको नेतृत्वमा भन्ने प्रश्न गर्दा प्रचण्डले नेकपाको सरकार मात्रै भनेर जवाफ फर्काएका थिए ।

नेकपाको सचिवालयले हिजो मात्रै नेता नेपालको बरियता खोसेको थियो । उनले प्रचण्डलाई एकल अध्यक्षको रुपमा अघि सारेपनि प्रचचण्डले यसबारे कुनै प्रतिक्रिया नजनाएको नेकपा स्रोतले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org