ताजा समाचार

ब्युँताइयो सरकारी निर्माण कम्पनी

काठमाडाैं । ठूला भौतिक पूर्वाधार निर्माणमा वैधानिक रुपमै आर्थिक चलखेलको जोखिम बढ्नेगरी सरकारले ‘नेपाल पूर्वाधार निर्माण कम्पनी’ खडा गरेको छ । यसबाट विकासे मन्त्रालयका प्रभावशाली मन्त्रीहरुले आफ्नो स्वर्थअनुरुप काम गर्ने ठेकेदारलाई बिनाप्रतिस्पर्धा ठेक्का दिएर कमिसन खाने वैधानिक बाटो खुल्ने आशंका बढेको छ ।

कान्तिपुरका अनुसार यसबाट विकासे मन्त्रालयका प्रभावशाली मन्त्रीहरूले आफ्नो स्वार्थअनुरूप काम गर्ने ठेकेदारलाई बिनाप्रतिस्पर्धा ठेक्का दिएर कमिसन खाने वैधानिक बाटो खुल्ने आशंका बढेको छ ।

पञ्चायतकालदेखि ०५८ सालसम्म विकासे मन्त्रालयका प्रभावशाली मन्त्रीहरुले नेसनल कन्स्ट्रक्सन कम्पनी अफ नेपालमार्फत ठूला भौतिक संरचना निर्माणकाे काम बिनाप्रतिस्पर्धा आफू नजिकका ठेकेदारलाई दिएर गैरकानूनी कमाइ गर्ने गरेको विगत स्मरण गराउँदै कान्तिपुरले फेरि पनि त्यस्तो खतरा बढाएको उल्लेख गरेको छ । कान्तिपुरले यही नियतका साथ यस्तो कम्पनी व्युँताइएको निष्कर्ष पनि निकालेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org