ताजा समाचार

प्रधानमन्त्री ओलीले बोलाए सर्बदलिय बैठक

सत्य निरुपण तथा खोजबिन आयोग प्रमुख एजेण्डा

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलिय बैठक आह्वान गरेका छन् ।

सरकार गठन भएको १७ महिनापछि प्रधानमन्त्रीले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुको सरकारी निवास वालुवाटारमा सर्वदलिय बैठक डाकेका हुन् ।

संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिहरुलाई साँझ पाँचबजे छलफलका लागि बालुवाटार बोलाइएको छ। संक्रमणकालीन न्याय निरुपण गर्न विभिन्न दुई आयोग गठन गरेर द्वन्द्धकालीन मुद्धालाई हल खोजिने भनिएपनि द्वन्द्धकालीन मुद्धामा मानिसहरु पक्राउ परेर जेल चलान हुने गरेका छन् ।

सत्य निरुपण र मेलमिलाय तथा खोजबिन आयोग गठन गर्न प्रधानमन्त्री ओलीले छलफलका लागि बैठक आह्वान गरेका हुन् । शान्ति प्रक्रियामा नेपालले प्रवेश गरेको लामो समय भएपनि आयोगमा नियुक्ति नहुँदा अन्तराष्ट्रिय समुदायले नेपालमा दबाब दिदै आएका छन् ।

प्रधानमन्त्री ओलीले आइतबार संसदलाई सम्बोधन गर्दै यसै साता आयोग गठन हुने र द्वन्द्धका घाउ खाटाहरुलाई समाप्त पार्न आयोग गठन गरिने जनाएका थिए ।

यद्यपी यी दईवटा आयोगका लागि नेकपा र कांग्रेसबीच लामो समयदेखि छलफल भइरहेको छ। दुईमध्ये सत्यनिरूपणका प्रमुख नेकपा र बेपत्ता खोजबिनमा कांग्रेसनिकट नियुक्त गर्नेबारे दई दलका नेताबीच छलफल भइरहेको छ ।

सत्यनिरूपणको प्रमुखमा गोविन्द बन्दी र बेपत्तामा सूर्य ढुंगेलको नाम चर्चामा छ । तर २ दलले नामको टुंगो गरिसकेका छैनन् ।

प्रधानमन्त्री ओली यहि ५ गते स्वास्थ्य उपचारका लागि पुनः सिंगापुर जाँदैछन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org