ताजा समाचार

छवि र शिल्पाको विवाहको फोटो किन बाहिरियो ? रेखासँग डिभोर्स गरेको १० दिनमै शिल्पासँग लगन गाँठो !

काठमाडाैं । फिल्म निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलबीच भएको गुपचु बिवाहको फोटो सार्वजनिक भएको छ ।

शिल्पाले दाई बनाएका विकास राैनियारको अनलाइन समाचार पोर्टलले उनीहरुले बिवाह गर्दा खिचेको फोटोहरु सार्वजनिक गरेका हुन् ।

अभिनेत्री रेखा थापासँग ओझाले २०७३ असार १९ गते डिभोर्स गरेका थिए । त्यसको ठिक १० दिनपछि असार २९ गते ओझाले शिल्पासँग लगन गाँठो कसेका हुन् ।

अदालतले शिल्पालाई तत्काल पक्राउ नगर्नु भनेर आदेश दिएपछि राैनियारले थप प्रमाण हुनसक्ने आशाका साथ यो फोटो सार्वजनिक गरिदिएको हुनसक्ने आशंका गरिएको छ ।

छवि र शिल्पाबीचको बैवाहिक समारोहमा सिमित मान्छेलाई मात्र निमन्त्रणा दिइएको थियो भने उनीहरुले विवाह गरेको कुरा लामो समयपछि मात्रै स्विकार गरेका थिए । विवाहको बेला छविको हात समेत भाँच्चिएको देखिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org