ताजा समाचार

प्रभु साहले प्रदेश २ अध्यक्षबाट दिए राजीनामा

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रदेश २ अध्यक्ष प्रभु साहले पदबाट राजीनामा दिएका छन् ।

पार्टीले भूमिकाविहिन बनाएको भन्दै अध्यक्ष साहले प्रचण्डलाई भेटेर राजीनामा बुझाएका हुन् ।

स्थायी कमिटी सदस्यका दावेदार मानिएका साह कमिटीमा अटाएका थिनन् । उनलाई अध्यक्षको जिम्मेवारी दिइएपनि प्रदेश कमिटी सदस्य सदस्य चयन गर्दा उनीसँग सल्लाह नै नभएपछि उनी चिढिदै गएका थिए ।

साह निकट स्रोतले भन्यो,  पार्टी एकीकरणलाई निष्कर्षमा पुर्याउन उहाँ माैन बस्नु भएको थियो । अध्यक्षको जिम्मेवारी पाएदेखि नै उहाँको भुमिकालाई खुम्च्याउने प्रयास भइरहेका थिए ।  जिल्ला कमिटि सर्वसम्मत चयन गर्दा पनि माधव कुमार नेपालको विरोधपछि प्रचण्डको निर्देशनमा सपथ ग्रहण कार्यक्रम रोकियो । लगातार असहयोग र नेतृत्वलाई घेराबन्दी गर्ने काम भयो । त्यसैले राजीनामा दिनु भएको हो ।

साहले प्रदेश २ मा जनप्रतिनिधिलाई प्रशिक्षण दिन तयारी थाल्नु भएको थियो तर, नेकपामा नेताहरुबीच चलेको जुंगाको लडाइका कारण रोक्नै पर्ने भयो । काम गर्ने वातावरण नभएपछि पद ओगटेर बस्नुको के काम भयो र ? उनी निकट स्रोतले बतायो ।

साहले पदबाट राजीनामा दिएको उनका निजी सचिव निभेष कुमारले पुष्टि गरेका छन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org