ताजा समाचार

राष्ट्रिय योजना आयोगका कर्मचारी सिंहदरबार भित्रै मृत फेला

काठमाण्डौ । राष्ट्रिय योजना आयोगका एक कर्मचारी सिंहदरबारमा मृत अवस्थामा फेला परेका छन् ।

देशको प्रमुख प्रशासकिय क्षेत्रमा योजना आयोगका कर्मचारी वच्चुराम केसी मृत अवस्थामा फेला परेका हुन् ।

कार्यालय भित्रको मिटिङ हलमा नायब सुब्बा बच्चुराम केसीको शव मृत अवस्थामा भेटिएको हो । महानगरीय प्रहरी परिसर, काठमाण्डौका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले योजना आयोगका नायब सुब्बा केसीको शव नजिकै विषादीको बट्टासमेत भेटिएको जानकारी दिएका छन ।

फरेन्सिक अधिकारीसहित परिसरको टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ । केसीले आत्महत्या गरेको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org