ताजा समाचार

बालुवाटारमा सर्बदलीय बैठक जारी

काठमाडाैं  । सकारी निवास बालुवाटारमा सर्बदलीय बैठक सुरु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आजका लागि सर्बदलीय बैठक आह्वान गरेका थिए । आज सर्बदलीय बैठकमा टुंगोमा लाग्न बाँकी रहेका विधयेक र सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता खोजबिन तथा छानविन आयोग गठनबारे छलफल हुने जनाइएको छ ।

बैठकमा नेकपाका तर्फबाट अध्यक्ष प्रचण्ड, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, वामदेव गाैतम, बिष्णु पाैडेल, इश्वर पोखरेल र सुवास नेम्वाङ सहभागी भएका छन्, भने, प्रमुख प्रतिपक्डी दल नेपाली कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, बिजय गच्छदार, पूर्णबहादुर खड्का, मिनेन्द्र रिजाल सहभागी छन् ।

यस्तै समाजबादी पार्टी नेपालबाट अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादव सहभागी छन् भने राजपाका तर्फबाट राजकिशोर यादव र महन्थ ठाकुर सहभागी छन् ।

बैठकमा नेकपाका नेता माधवकुमार नेपाल भने सहभागी भएका छैनन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org