ताजा समाचार

डेढ साताका लागि प्रधानमन्त्री सिंगापुर जाँदै

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली भदाै ५ गते स्वास्थ्य उपचारार्थ सिंगापुर प्रस्थान गर्ने भएका छन् ।

एक हप्ता लामो सिंगापुर उपचार पश्चात स्वदेश फिर्ता भएका प्रधानमन्त्री ओली पुनः त्यसतर्फ जान लागेका हुन् । आज बसेको सर्बदलीय बैठकमा प्रधानमन्त्री ओलीले आफू उपचारका लागि पुनः सिंगापुर जानु पर्ने जानकारी समेत दिएका हुन् ।

सर्बदलीय बैठकमा प्रधानमन्त्री ओलीले ाहिर आएजस्तो आफ्नो स्वास्थ्य स्थिति नभएको र आफू ठिक भएको समेत जानकारी गराएका हुन् । सिंगापुरमा थप उपचार गर्नु पर्ने भएकाले ८/१० दिन बसाई हुन्छ होला । उनले बैठकमा जानकारी दिए ।

यसअघि प्रधानमन्त्री ओली साउन १८ गते उपचारका लागि सिंगापुर गई साउन २७ गते फर्किएका थिए । उपचार गरेर फर्किएको दुई झण्डै एक सातापछि उनी फेरि जान लागेका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org