ताजा समाचार

सुदूरपश्चिम प्रदेशले दियो गाैरा पर्वमा सार्वजनिक बिदा

कैलाली । सुदूरपश्चिम प्रदेशमा गाैरा पर्वको अवसरमा भदाै ६ गते शुक्रबार सार्वजनिक बिदा हुने भएको छ ।

सुदूरपश्चिम प्रदेशभरि प्रदेश सरकारले बिदा दिने निर्णय गरेको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विज्ञप्ति जारी गर्दै ‘गाैरा पर्व’को अवसरमा प्रदेश सरकारले प्रदेशभरि बिदा दिने निर्णय गरेको जनाएको हो । साथै प्रदेश सरकारले प्रदेशमा रहेका सम्पूर्ण जनसमुदायलाई शुभकामना समेत व्यक्त गरेको छ ।

प्रदेश सरकारले गौरा पर्वका अवसरमा यही भदौ ६ गतेका दिन सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी, बझाङ, दार्चुला, डोटी, अछाम र बाजुरामा सार्वजनिक बिदा दिएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org