ताजा समाचार

प्रधानमन्त्री ओली आज थाइ एयरमार्फत सिंगापुर जाँदै !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परिक्षणका लागि आज सिंगापुर जाने भएका छन् ।

आज दिउँसो साढे १ बजे थाई एयरमार्फत उनी सिंगापुर जाने भएका हुन् । प्रधानमन्त्री ओली पत्नी राधिका शाक्यसँगै प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा. दिव्या सिंह लगायतको टोली त्यसतर्फ प्रस्थान गर्न लागेको हो ।

प्रधानमन्त्री ओलीले सिंगापुरस्थित नेसनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण गराउने छन् । अघिल्लोपटक स्वास्थ्य परीक्षणका लागि नौ दिन सिंगापुरमा बिताएका प्रधानमन्त्री ओली यसपटक कति समय त्यहाँ रहन्छन् भन्नेबारे केही पनि बताइएको छैन ।

प्रधानमन्त्री ओलीलाई चलाइएको आैषधीको साइड इफक्ट जाँच गरिने र प्रभावकारी नभएको खण्डमा मृगाैला प्रत्यारोपण गर्न समेत सकिने उनको सचिवालयले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org